तनहुँको २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायमै
तनहुँ | मंसिर ६, २०७९
तनहुँ: तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।
क्षेत्र नम्बर –१ मा सात हजार १७४ मत गणना हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ९२ बढी मत ल्याएर अग्रता लिनुभएको छ । नेता पौडेलले दुई हजार ४३७ मत पाउनुभएको छ । एमालेका उम्मेदवार एकबहादुर रानाले दुई हजार ३४५ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ ।
क्षेत्र नम्बर २ मा भने फराकिलो मतान्तरले भण्डारी अगाडि हुनुहुन्छ । ४१ हजार ७३३ मत गणना हुँदा भण्डारी तीन हजार ५३१ मतले अगाडि हुनुहुन्छ । भण्डारी १९ हजार २२१ मत प्राप्त गर्नुभएको छ । एमालेका किरण गुरुङले १५ हजार ६९० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, प्रदेश सभा सदस्यमा पनि सत्ता गठबन्धनको अग्रता लिएको छ । क्षेत्र नम्बर २ को ९क० मा १६ हजार १९ मतगणना हुँदा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६ हजार ६३७ मत पाउनुभएको छ । एमालेका श्यामराजा महतले पाँच हजार ९१९ मत पाउनुभएको छ ।
त्यस्तै, (ख) मा ११ हजार ३०८ मत गणना हुँदा कांग्रेसका जितप्रकाश आलेले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको छ । एमालेका केदार सिग्देलले चार हजार ८४० मत पाउनुभएको छ ।
क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा समेत सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रदेश (ख) पाँच हजार ६६९ मत गणना हुँदा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ७२६ मत प्राप्त गर्नुभएको छ । एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५०२ मत प्राप्त गर्नुभएको छ । (क) तीन हजार १८ मत गणना हुँदा कांग्रेसका अशोककुमार श्रेष्ठले एक हजार २२४ मत पाउनुभएको छ । एमालेका रामबहादुर गुरुङले सात सय ७७ मत पाउनुभएको छ ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा ...
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...

